6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

सिजिले मनायो दोस्रो वार्षिक उत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४  

रावन विश्वकर्मा : बर्दिया,२४ फागुन/  सि.जि ईन्टरप्राईजेज प्रा.लि बाँसगढीले आफ्नो दोस्रो वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । सिजिले वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति वितरण, रक्तदान, निवन्ध, हाजिरीजवाफ, फुटबल, व्याटमिन्टन, टेवल टेनिस, म्युजिकल चेयर, बोरादौड, दौड प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरु गरी आफनो दोस्रो वार्षिक उत्सव भव्य रुपमा मनाएको हो ।
वार्षिक उत्सवको अबसरमा बाँसगढी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका ५÷५ जना छात्र तथा छात्रा गरी १० जना विद्यार्थीहरुलाई सिजि वाईवाई छात्रवृत्ति वितरण गरिएको हो । बिहिबार कम्पनीले एक कार्यक्रमको आयोजना गरी कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा उत्कृष्ठ अंक ल्याउन सफल भएका त्रिभुवन मावि ककौराका प्रेम बहादुर बुढा, प्रशना थारु, पुर्णहिरा मावि लक्ष्मणाका प्रशान्त देवकोटा, दशरतचन्द निमावि गौरीपालका समिर चौधरी, नेरामावि बाँसगढीका विवेक अधिकारी, शिशोमी तिवारी, नेरामाबि लक्ष्मणपुरका दामोदर ढकाल, भृकुटी मावि डेउढाकलाका शिल्पा थारु, सर्वोदय आधारभुत्त विद्यालय सतहरियाका शान्ती काफ्ले र रामजानकी माबि भैसासुरका टिका खत्रीलाई नगद ३÷३ हजार तथा प्रमाण पत्र प्रदान गरेको थियो । सोही अवसरमा अन्य खेलकुद तथा कार्यक्रमका उत्कृष्ठ हुनेलाई सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै सिजि फुड्स ईन्टरप्राईजेज प्रा.लिका सञ्चालन प्रमुख रामकाजी सिटौलाले सिजि कम्पनी नेपालमै सतप्रतिशत मजदुरहरुलाई स्थायी नियुक्ति दिन सफल कम्पनी भएको बताउदै र कम्पनी सधै मजदुरहरुको हितमा रहेको बताएका थिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४     9:03:22 PM  |