नेपालगन्ज ।
तीन दिने भारतीय भ्रमणबाट सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की शनिबार नेपाल फर्किएका छन् । कायममुकायम प्रधानन्यायाधीश कार्कीसहित १४ सदस्यीय टोली नेपालगन्जको जमुनाह नाका हुँदै बिहीबार भारत गएको थियो ।
सर्वाेच्च अदालतका प्रवक्ता बिमल पौडेलले कायममुकायम कार्कीको भारत भ्रमण निजी भएको बताए । ‘बिहीबार नेपालगन्ज हुँदै भारत भ्रमणमा जानू भएको हो,’ उनले भने, ‘उहाँको अन्य भ्रमण तालिका थाहा छैन ।’ यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले पनि कायममुकायम प्रधानन्यायाधीश कार्की भारत भ्रमणमा गएका र बिहीबार फर्किएका बताए ।
‘उहाँ (कार्की) को निजी भ्रमण हो,’ उनले भने, ‘उहाँ जमुनाह नाका हुँदै भारत जानू भएको साँचो हो । भ्रमण टोलीमा कोको हुनुहुन्थ्यो थाहा भएन ।’ ‘चार दिनका लागि उहाँहरु भारत जानुभएको हो,’ उनले भने, ‘आइतबार जमुनाहा नाका भएरै उहाँहरु नेपाल फर्किनु भयो ।’ सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल रोक लगाउने रिटमा अन्तिम आदेश दिएको थियो ।
उक्त विमानस्थलमा सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वाेच्चले बदर गरिदियो । गत बिहीबार सर्वाेच्चले सरकारलाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो ।
निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भारतको चाहना नभएको सर्वत्र प्रतिक्रिया आएका छन् । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिने आदेश भएका बेला कायममुकायम प्रधानन्यायाधीशको भारत भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
तर, सर्वाेच्च अदालतका प्रवक्ता पौडेलले यो भ्रमण संयोगमात्र भएको बताए । ‘अफिसियलरुपमा कुनै भ्रमण होइन,’ उनले भने, ‘बाहिर आएको प्रतिक्रिया र भ्रमण संयोगमात्र हो ।’ सात बजेटको श्री एयरलाइन्स काठमाडौं गएका छन् ।









प्रतिक्रिया दिनुहोस्