कोहलपुरमा बढ्दै देहव्यापारः नग्न अवस्थामै देखिने थाले यौनकर्मी



‘अधबैँसे युवक हरियाली मार्गको एक होटेलबाट अर्धनग्न अवस्थामा दौडिँदै न्यूरोडतर्फ भाग्छन् । उनको पछिपछि सोही उमेर बराबरकी एक महिला उनलाई पक्रन दौडिन्छिन् । तर ति महिलाको अवस्था हेर्न लायक थिएन । उनी नग्न थिइन्,’ हरियाली मार्गमा १५ गते दिउँसोको दृश्य यही थियो ।

कृष्ण ओली । बाँके ।

जेठ १५ गतेअर्थात आइतबार । मध्ये दिउँसो (२ः१५ बजे) । कोहलपुर बसपार्क पछाडिस्थित हरियाली मार्गमा बाक्लो चहलपहल थियो । पसल तथा होटेलमा मान्छेको उस्तै चाप । उखरमाउलो गर्मीमा आफन्तहरुबीच घरायसी छलफल । यही अवस्थामा एउटा दृश्य देखियो, उक्त दृश्यले यहाँको वातावरण एकाएक थप गर्मियो र लाजियो ।

‘अधबैँसे युवक हरियाली मार्गको एक होटेलबाट अर्धनग्न अवस्थामा दौडिँदै न्यूरोडतर्फ भाग्छन् । उनको पछिपछि सोही उमेर बराबरकी एक महिला उनलाई पक्रन दौडिन्छिन् । तर ति महिलाको अवस्था हेर्न लायक थिएन । उनी नग्न थिइन्,’ हरियाली मार्गमा १५ गते दिउँसोको दृश्य यही थियो ।

उनीहरुबीच सहमतिमा समागम (यौन सम्बन्ध) भएको थियो । ति महिला यौन पेसेबरजस्ती देखिन्छिन् । भागेका ति पुरुष समागमपछि पैसा नतिरेर भागे र पैसा माग्नलाई ति महिला नग्न अवस्थामा पुरुषको पिछा गरेको मिसन टुडेलाई प्राप्त भिडियोबाट आँकलन गर्न सकिन्छ । कोहलपुर बसपार्क पछाडिको सडकमा देखिएको दृश्यले कोहलपुरको लज्जाबोध भएको प्रत्यक्षदर्शी श्याम घिमिरेले बताए ।

‘म त त्यो दिन बसपार्क पछाडिको सडक भएर कृषि बजारतर्फ जाँदै थिए,’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘बाटोमा त अर्धनग्न युवा र नग्न युवती सडकमा भागिरहेको देख्नुप¥यो । यो दृश्यले कोहलपुर पहिलेको जस्तो रहेनछ भन्ने देखायो ।’ अर्धनग्न अवस्थामा भाग्दै गरेका युवक र नग्न अवस्थामा रहेकी युवती त्यसको एक घण्टाअघि होटेलमा कोठा लिएका बसेका बुझिएको छ ।

युवकसँग विवाद भएपछि युवती भाग्दै गरेका युवकलाई समात्न नग्न अवस्थामा नै सडकमा आएकी थिइन् । यौनकर्मी ती युवतीलाई युवकले दिउँसो एक बजेतिर होटेलमा ल्याएर आएका थिए । ‘सँगै आएर होटेलको कोठामा बसेका हुन्,’ होटेल स्रोतले भन्यो, ‘पहिले कोठाबाट केटा भागे छन्, उनैलाई समात्न केटी नाङ्गै पछिपछि दौडिइन् ।’

नग्न महिलालाई देखेपछि हरियाली मार्गका महिलाहरु मुख छोपेर घरभित्र जानुपरेको थियो । ‘महिला चिच्याएको आवाज आएपछि के भएको रहेछ भनेर पसलबाट बाहिर निस्किए,’ स्थानीय कलावतीले भनिन्, ‘युवतीलाई देखेपछि आफैँ मुख छोप्दै भित्र लुक्न जानुप¥यो ।’ प्रत्यक्षदर्शी महिलाका अनुसार नग्न ती युवती एक पुरुषलाई समातसमात भन्दै होटेलको पछाडिको भागबाट बाहिर निस्केकी थिइन् ।

युवतीका कारण समग्र बसपार्कको नै बेइज्जत भएको ती महिलाले बताइन् । ‘केटाले गल्ती नै गरेको भए पनि युवती कपडा लगाएर बाहिर आउनुपर्ने । युवतीका कारण बसपार्कमा व्यवसाय गर्छु भन्न पनि गाह्रो भयो,’ कलावतीले भनिन्, ‘युवक र युवतीलाई कारबाही हुनुपर्ने भए पनि हामीले चाहिँ कारबाही भएको थाहा पाएनौं ।’ कोहलपुर बसपार्क क्षेत्रमा केही समययता यस्ता विकृतिहरु मौलाउँदै जान थालेको बताउँदै विकृतिहरु रोक्नलाई प्रहरी चनाखो हुनुपर्ने उनले बताइन् । ‘हाम्रोतिर यस्ता विकृति धेरै बढेका छन् ।

प्रहरीले यस्तालाई कारबाही गर्नुपर्ने हो तर किन गरिरहेको छैन,’ उनले भनिन्, ‘युवती पनि प्रहरी कार्यालय छेउकै होटेलबाट नग्न अवस्थामा बाहिर निस्किएकी थिइन् । प्रहरीले थाहै नपाएको जस्तो गरेर बस्यो ।’ समाजमा नपच्ने गरी ति महिलाको क्रियाकलापले कोहलपुरको सुरक्षा व्यवस्थालाई फेरि बहसमा उतारेको छ ।

कोहलपुरमा यौन क्रियाकलाप मात्र मौलाउँदो छैन, यहाँ व्यावसायिकरुपमा यौन व्यवसाय सञ्चालनमा छन् । सबैभन्दा बढी बसपार्क आसपासका होटेल, चप्परगौडी, हवल्दारपुर, दशविगाहा, कौशिल्यानगर, चिसापानी, कोहलपुर–नेपालगन्ज सडक खण्डअन्तर्गतका क्षेत्रमा यौनधन्दा चलिरहेको छ । प्रहरी यो खबरबाट बेखबर भने छैन ।

यौनकर्मी र यौन व्यवसाय गर्ने व्यक्तिबाट प्रहरीले पैसा असुल्ने गरेको स्थानीयको आरोप छ तर, प्रहरी यसको खण्डन गर्छ । राज्यले गैरकानुनी मानेको यौनसँग जोडिएका व्यवसाय निर्वाध सञ्चालन हुँदासमेत प्रहरीले यसलाई नियन्त्रण गर्न नसक्दा प्रहरीको भूमिकामाथि प्रश्न गर्ने ठाउँ रहेको स्थानीयहरुको भनाइ छ ।

यौन व्यवसायमा लागेका महिला तथा किशोरीले दुई सय रुपैयाँदेखि माथि रकम लिने गरेका छन् । यस क्षेत्रका होटेलहरुले एक जोडीबाट पाँच सयदेखि माथि रकम लिने गरेको खुलेको छ । केही होटेलले भने यौनकर्मी महिलाहरुलाई नै यौनधन्दाका राखेका छन् ।

नेपालगन्जमा पनि उस्तै

पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा पनि यौन व्यवसाय मौलाउँदै गएको छ । लागूऔषध प्रयोगकर्ता युवती र विपन्न महिलाहरु यो व्यवसायमा संलग्न हुने गरेका छन् । साथै तेस्रो लिंगी महिलाहरु पनि साँझको समयमा सडकमै आएर ग्राहक खोजी रहेको देखिन्छन् ।

प्रहरीले यौनकर्मी तथा यौन व्यवसायीलाई कारबाही नगर्दा छाडारुपमा यौन व्यवसाय बढ्दै गएको छ । शरीर बेचेर आफ्नो र आफूसँगै फर्केका सन्तानको गुजारा चलाउन बाध्य छन् । घरेलु बजारमा यौन बेची सास धन्न बाध्य पारिएका महिलाहरूको गणना हुन सकेको
छैन ।

ऐनबहादुर मल्ल
डीएसपी, ईलाका प्रहरी कार्यालय, कोहलपुर

प्रहरीको जनशक्ति स्थानीय तह चुनावमा खटिनुपरेकोले केही समय प्रहरी क्रियाशील हुन नसकेको हो । केही दिनअघिबाट हामीले विभिन्न होटल तथा यौन व्यवसाय हुने घरहरुमा समेत छापा मार्ने कामलाई तिव्रता दिएका छौं ।

कतिपय छापा हानिएका स्थानहरुमा त्यस्तो शंकास्पद केही फेला परेको छैन । होटल तथा शंकास्पद स्थानहरुमा छापा मार्ने क्रम जारी नै राखेका छौं । त्यसका लागि हाम्रो विशेष टोली नै परिचालन भइसकेको छ ।

सकेसम्म हामीले यौन व्यवसायलाई नियन्त्रणको प्रयास थालेका छौं । कतिसम्म सफल हुन्छौं, हेरौं ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार