बर्दिया ।
शारीरिकरुपमा अशक्त रहेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–१ का २४ वर्षीय शेरे विक पक्राउ परेका हुन् ।
विकलाई सोही ठाउँकै अशक्त एक २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फरार रहेका विकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट विशेष प्रहरी टोली खटिएको थियो ।
सोही टोलीले आरोपित विकलाई ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको सहयोगमा बर्दगोरिया गाउँपालिका–३ खैरेनीबाट पक्राउ गरेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति : २०७९ जेठ २१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्