काठमाडौं ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको छ । सो विमान मुस्ताङको मानापाथी हिमाल क्षेत्रमा दुर्घटना भएको हो ।
लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले आइतबार बिहान बिहान ९ः५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए । उनले २५ वर्षदेखि विमान उडाउँदै आएका थिए ।
क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए। उनीसँगै थिए २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उडान भरेका थिए ।
रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आएका हुन् ।
प्रकाशित मिति : २०७९ जेठ १६ गते सोमबार









प्रतिक्रिया दिनुहोस्