स्थानीय तह निर्वाचनअन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवारले विजय हासिल गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट राजापुर नगरपालिकाका नगर प्रमुख उम्मेदवार दिपेश थारू ९ हजार ८ सय ७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
दिपेश थारूका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय ६० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पहारी चौधरीले ६ हजार ७२ मत प्राप्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दिपेश थारूले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका दीपकजंग शाहलाई ४७ मतान्तरले पराजित गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
त्यस्तै राजापुर नगरपालिकाको उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की मनकला कुमारी चौधरी विजयी हुनुभएको छ । उहाँ १० हजार ८६ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी यसोदा थारूले १० हजार ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सावित्री शर्मा बख्रेलले ५ हजार ४ सय २२ मत प्राप्त गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्