नेपालगञ्ज ।
बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेस-माओवादी गठबन्धनका कांग्रेस उम्मेदवार मनवीर क्षेत्री निर्वाचित भएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा खजुरा–१ मा एमालेका सुमन मल्ल विजयी भएका थिए । एमालेको पकड मानिने १ नम्बर वडामा यसपटक कांग्रेसका मनवीर क्षेत्री १८५ मत अन्तरले विजयी बनेका छन् ।
जितपछि क्षेत्रीले वडावासी सम्पूर्ण जनतालाई धन्यवाद दिंदै वडाको विकासमा लाग्ने बताए ।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्