कोहलपुर ।
बाँकेस्थित कोहलपुर नगरपालिका–१, का उम्मेदवार रुद्ध खनालले निःशुल्क शिक्षा र रोजागारी आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
नेकपा एमालेबाट वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बनेका खनालले वडा नम्बर १ का जनताका आवश्यकता परिपूर्ति र शिक्षित र हरित वडा निर्माण गर्ने आफ्नो योजना बताए ।
रेडियो मिसनको निर्वाचन विशेष कार्यक्रममा बोल्दै उनले वडा नम्बर १ का बालबालिकाको हकहितका लागि बाल कोष खडा गरिने घोषणा गरे । उनका अनुसार आफूले जितेपछि वडाध्यक्षलाई बाल कोष तथा शैक्षिक क्षेत्रमा लगानी गरिने बताए । वडाध्यक्षका उम्मेदवार खनालले शिक्षा, स्वास्थ्य, विकास, शान्ति सुरक्षा, बाल तथा महिला अधिकार, युवा रोजगारयुक्त गाउँ बनाउने आफ्नो योजना रहेको समेत सुनाए ।
यस्तै वडामा रहेका विभिन्न जातजाति, धर्म, संस्कृति, भाषा तथा आर्थिक समुन्नतिमा जनतासँग मिलेर काम गर्ने आफ्नो धोको रहेको उनको भनाइ छ । उनले आफूले निर्वाचन जितेपछि गर्ने कामको बारेमा सात बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
शिक्षा, स्वास्थ्य तथा सरसफाई, नागरिक सुरक्षा कृषि तथा आर्यआर्जन, सुशासन तथा पारदर्शिता, महिला युवा तथा बालबालिका र स्रोतको संकलनमा आफू केन्द्रित हुने उनले जनाए । ‘सुकुम्बासीलाई जग्गाधनीको प्रमाणपत्र प्रदान गर्न पहल गर्ने छुँ ।
वडाका सबै बस्तीहरुमा गुणस्तरीय कालोपत्रे सडक बनाउने छुँ,’ प्रतिबद्धतापत्रमा उनले भनेका छन्, ‘वडामा रहेका दुई सामुदायिक विद्यालयबाट नेपालको संविधानले दिएको आधारभूत तहसम्मको निःशुल्क, अनिवार्य शिक्षा र माध्यमिक तहमा निःशुल्क शिक्षाको सुनिश्चिता गर्ने साथै टिनसहित विद्यालय भवन निर्माण गरिनेछ ।
वडावासीका लागि निःशुल्क र प्रभावकारी आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने गरिनेछ । वडालाई कोहलपुर नगरपालिकाको सफा र स्वच्छ बनाउने र युवाहरुलाई आयमूलक सीप आर्यआर्जन र खेल क्षेत्रको लागि सहयोग गर्नेछुँ ।’









प्रतिक्रिया दिनुहोस्