बाँकेको टिकुलिपुरमा भिषण आगलागीः दश घर जले, आगलागी नियन्त्रणबाहिर



कोहलपुर ।

बाँकेको राप्ती सोनारी गाउँपालिका– २ टिकुलीपुरमा भिषण आगलागी भइरहेको छ ।

मन्दिर नजिकैको एक घरबाट सुरु भएको आगलागी गाउँभरी फैलिएको ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

उनकाअनुसार अहिले सानो बस्तीमा आगलागी भइरहेको छ । आगलागी नियन्त्रणको लागि कोहलपुर नगरपालिकाको दमकल, एउटा पानी ट्यांकर, सुरक्षाकर्मी तथा स्थानीयहरु लागिपरेका छन् ।

प्रहरीकाअनुसार अहिलेसम्म १० वटा घर जलिसकेका छन् । आगलागी नियन्त्रणको लागि नेपालगन्जबाट दुई वटा दमकल समेत गइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २ गते शुक्रबार