कोहलपुरको किरणनालामा डुबेर बालकको मृत्यु



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको किरानालामा डुबेर एक बालकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरकाअनुसार डुबेर मृत्यु हुनेमा सल्यान घर भई कोहलपुर बस्दै आएका १६ वर्षीय हिमबहादुर खत्री रहेका छन् ।

कुमाख गाउँपालिका ४ सल्यान घर भई कोहलपुरमा फुपुको घरमा बसेर खत्री त्रिभुवन माविमा कक्षा ८ मा अध्ययनरत रहेका थिए । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १४ गते सोमबार