बर्दियामा फेरि वयस्क भाले पाटेबाघ मृत अवस्थामा शनिबार फेला परेको छ ।
मधुवन नगरपालिका–६ स्थित कालीका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा उक्त पाटेबाघ मृत अवस्थामा फेला परेको हो ।
पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृत अवस्थामा फेला परेका बाघ एक आपसमा जुधेर मरेको बुझिएको छ ।
गत सोमबार मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको थियो । यसरी एक सातामा दुई पाटेबाघ मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति : २०७८ चैत १३ गते आइतबार










प्रतिक्रिया दिनुहोस्