राँझा विमानस्थल छेउमा युवकको हत्या, प्लाष्टिकको पोकामा शव भेटियो



कोहलपुर ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका– २० राँझामा एक युवकको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ । नेपालगन्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्डबाहिर एक युवकको शव बिहीबार बिहान फेला परेको हो ।

सुर्खेतका बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

चोरीका संग्लन हुँदै आएका मृतक ओलीलाई कसैको घरमा चोरी गर्न जाँदा कुटपिटबाट हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसबारे थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १० गते बिहीबार