काठमाडौं ।
प्रहरीले बैंकिङ कसुरको आरोपमा गीतकार दर्पण राईलाई पक्राउ गरेको छ।
सोलुखुम्बु सोताङ गाउँपालिका-३ घर भई काठमाडौं बस्दै आएका गीतकार दर्पण राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार प्रहरीले राईलाई बुधबार भैंसेपाटीबाट पक्राउ गरेको हो। राईमाथि चेक बाउन्स गरेको आरोप छ।
राईले पीडितलाई विभिन्न समयमा गरी जम्मा ४८ लाखको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। राईको ‘तिम्ले बाटो फेर्यौ अरे’ लगायतका गीत चर्चित छन्।
प्रकाशित मिति : २०७८ चैत ९ गते बुधबार








प्रतिक्रिया दिनुहोस्