बाँकेसहित देशभरि विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइएको छ । नेपालगन्ज र कोहलपुरमा दिवसको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरिएका थिए ।
नेपालगन्जमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्ज, क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्ज र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।
सो अवसरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तिलक न्यौपानेले बाँके र बर्दियामा सञ्चालन भएका खानेपानी योजना तथा प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख षडानन्द अधिकारीलगायतको उपस्थिति थियो ।
यस्तै कोहलपुरमा समेत विश्व पानी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल बाँकेको आयोजनामा अन्तरक्रिया भएको थियो ।
सो अवसरमा बोल्ने सहभागीले स्वच्छ खानेपानीको पहुँच अझै पनि नागरिकसम्म पुग्न नसकेको बताए । कार्यक्रममा यहाँका सरोकारवाला, स्थानीय जनप्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको आयोजक खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल बाँकेका अध्यक्ष भद्रप्रसाद देवकोटाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्