अस्पतालमै भेट्न आएका राष्ट्रपतिसँग रोइन् घाइते युक्रेनी युवती



युक्रेनको राजधानी किभमा रुसको आक्रमण जारी छ। रुसी सेनाले किभमा रहेको आवासीय भवनमा हवाई हमला गरेको छ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभको भोर्जेल सहरस्थित अस्पतालको भ्रमण गरेका छन्। जहाँ घाइते नागरिक उपचाररत छन्।

राष्ट्रपति जेलेन्स्कीले अस्पताल पुगेर घाइते नागरिकहरूसँग भेट गरे। उनले किभका बासिन्दा र इरपिनमा मारिएका पत्रकार ब्रेन्ट रेनोका चालकसँग पनि कुरा गरे।

यस क्रममा घाइते एक युक्रेनी युवती बडो दुःखको भावमा राष्ट्रपतिसमक्ष रोएकी छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार