निर्वाचन आयोगको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन



जेष्ठ २०, २०७४- चितवन महानगरपालिका– १९ मा पुन: मतदान गर्ने निर्णयविरुद्ध काठमाडौंमा एमाले निकट युवा संघ, नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन् । आयोगको निर्णयलगत्तै माइतीघर मण्डलामा युवा–विद्यार्थीले प्रदर्शन गरेका छन् । आयोगले पूर्वाग्रही भएर निर्णय गरेको बताउँदै निर्णय फिर्ता लिन माग गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । एमाले युवा विद्यार्थीले निर्वाचन आयोगको निर्णयसमेत जलाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ २० गते शनिबार