संखुवासभा दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो



संखुवासभा । 

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ।  हाम्रा संखुवासभा संवाददाता भविन कार्कीले १४ जनाको मृत्यु भएको  र पाँच जनाको जिवितै उद्दार गरिएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि गरेको उनले जानकारी दिए।

मृतकहरुको पहिचान भइसकेको छैन्। संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको थियो।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २६ गते बिहीबार