कोहलपुर, १२ जेष्ठ / नेपालगन्जमा पहिलो पटक रोजगार मेला सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको लाइफ ज्याकेट, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौ र नेपालगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजना र रोजगार सूचना केन्द्र, नेपालगन्जको सहकार्यमा बिहिबारबाट मेला शुरु भएको हो । “रोजगार मेलामा जाऔँ बेरोजगारी हटाऔँ, आफुलाई आत्मनिर्भर र राष्ट्रलाई समृद्ध बनाऔँ” भन्ने मूल नाराका साथ शुरु भएको मेलाको नेपालगन्ज उद्योग बाणिज्य संघमा सञ्चालन भएको मेलाको बाँकेका प्रमख जिल्ला अधिकारी रविलाल पन्थले उद्घाटन गरे ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा सञ्चालन भएको दुई दिने “नेपालगन्ज रोजगार मेला–२०७४“ मा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले रोजगारीदाता र रोजगारीका इच्छुक व्यक्तिहरुलाई एउटै स्थानमा भेला गराई रोजगारी अवश्यकता परिपुर्ति गर्ने बताए ।
सो भेलाको उद्घाटन समारोहमा भेरी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाह, जिल्ला समन्वय समितिका प्रमुख हरि प्याकुरेल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक प्रसाद राई, श्रम कार्यालय बाँकेका प्रमुख मनोज यादव, सीप विकास तालिम केन्द्र बाँकेका, कार्यालय प्रमुख जेन्टील गौतम लगायतको उपस्थिति रहेको थियो । मेलामा धेरै बेरोजगार युवाहरुको आकर्षण रहेको छ ।
प्रकाशित मिति : २०७४ जेठ १२ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्