काठमाडौं ; प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुर पश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुवानबाट प्रभावित ब्यक्तिको तत्काल उद्धार र राहतको ब्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् ।
बाढी, पहिरो र डुवान प्रभावितका लागि उद्दार र राहत ब्यवस्थापनमा कुनै कमी नगर्न प्रधानमन्त्रीले भनेका छन् । आफुले यसबारेमा गृहमन्त्री खाणलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीले बताएका छन् ।
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्