कांग्रेसका जिल्ला सभापतिहरूले भने- क्रियाशील छानबिनको नाममा अनियमितताले सीमा नाघ्यो



नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले वडा अधिवेशन स्थगित गर्ने पार्टी पदाधिकारी बैठकको निर्णयमा आपत्ति जनाएका छन्।गोरखामा काङ्ग्रेसका क्रियाशील सदस्य सात हजारबाट बढेर बाह्रहजार पुग्यो | Daraundi Gorkha's No. 1 Newspaper Daraundi Gorkha's No. 1 Newspaper

साउन १२ मा वडा अधिवेशन गर्ने भने पनि स्थगित गरिएको छ। अधिवेशनको नयाँ मिति तोकिएको छैन।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र महासमिति सदस्यहरूले आज जारी गरेको विज्ञप्तिमा १४ औं महाधिवेशनको सुनिश्चितता छिटो हुनुपर्ने माग गरिएको छ।

पार्टीले जिल्ला कार्यसमितिलगाय तल्ला तहका भूमिका कमजोर बनाउँदै लगेकोमा पनि उनीहरूको आपत्ति छ।

यसअघि महासमिति बैठकले गरेका निर्णय पनि उल्टाउने काम भएकोमा उनीहरूले त्यसो नगर्न भनेका छन्।Nepali Congress (@NepaliCongress) | Twitter

‘महासमिति बैठकको निर्णयहरुलाई हठात् उल्टाएको, विधान विपरीत छ्यापछ्याप्ति विना मापदण्डका नियुक्ति पत्र बाँड्दै हिँडेको, पार्टीमा लामो समय काम गरेका नेता एवं सदस्यहरुको अपमान तथा तेजोवध गरेको र अराजनीतिक आधार एवं स्वार्थको जगमा राजनीतिक अवसर र भूमिका प्रदान गरिएका बर्गेल्ती घटनाले देशभरिका साथीहरुको मन कुँडिइरहेको बेलामा अहिले महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता छानबिनका नाममा अनियमितताले सीमा नाघेको छ,’ विज्ञप्तिमा भनिएको छ।

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा कांग्रेसले क्रियाशील सदस्यता छानबिन समिति बनाएको छ। उक्त समितिले बारा र सप्तरीको विवाद नै हेरेन भने करिब १२५ वडाको विवाद समाधान गर्न सकेन।

समितिमा पाँच हजार उजुरी परेका थिए। यसपटक कांग्रेसले ९ लाख क्रियाशील सदस्यता पुर्‍याएको छ।Nepali Congress Okhaldhunga official - Home | Facebook

नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीका अनुसार काठमाडौंमा उपलब्ध जिल्ला सभापति र महासमिति सदस्यबीच बैठक गरेर तत्कालै वडा अधिवेशनको मिति तय गर्न माग गरिएको छ।

‘कांग्रेसका लाखौं क्रियाशील सदस्यले ब्यग्र प्रतीक्षा गरेको पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसप्रकारको कदमले पार्टीको लोकतान्त्रिक छवीमा असामान्य आघात पुगेको र नयाँ पुराना सम्पूर्ण पार्टी सदस्यको चाहना अनुरुप सबैखाले चुनौतीको सामना गर्न सक्ने नीति र नेताबारे निर्णय गर्ने ऐतिहासिक अवसरबाट पार्टी चुकेको छ,’ उनीहरूले भनेका छन्।

विधानको धारा ४ को उपधारा ८ (ग) मा उल्लेखित “क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समिति” को अधिकारमाथि ठाडो हस्तक्षेप गरियो र षडयन्त्रपूर्वक सोझै “केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति” मा उजुरी राख्न सूचना निकालिएको पनि उनीहरूले बताएका छन्। ‘सबै अधिकारलाई केन्द्रीकरण गर्ने र आफूखुसी हेराफेरि गर्ने डरलाग्दो श्रृंखला जारी छ,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले छिटो क्रियाशीलको अन्तिम सूची सार्वजनिक गर्न माग गरेका छन्।

क्रियाशीलमा विवाद देखाएर अधिवेशनदेखि महाधिवेशन सार्न खोजेको भन्दै कांग्रेसमा नेतृत्वको विरोध हुन थालेको छ।

‘विधान र मापदण्ड विपरीत क्रियाशील सदस्यता थोपरिएमा हुनसक्ने कुनै पनि दुष्परिणामका प्रति स्वयं नेतृत्व जिम्मेवार रहने तथ्य समेत स्पष्ट गर्न चाहन्छौं,’ जिल्ला सभापतिहरूले चेतावनी दिएका छन्।

यसपटक कांग्रेसले १६५ निर्वाचन क्षेत्रसहित २१० ठाउँबाट सफ्टवेयरमा क्रियाशीलको विवरण इन्ट्री गरेको थियो। इन्ट्री गर्दा सभापति शेरबहादुर देउवा पक्षका नेताले आफूखुसी आफ्ना गुटकालाई प्राथमिकता दिँदै क्रियाशील बनाएको भन्दै विरोध भइरहेको छ।

क्रियाशील वितरणमा धाँधली भएको भन्दै सांसद अमरेशकुमार सिंहले सभापति देउवालाई राजीनामा दिएका छन् भने पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनसन भइरहेका छन्।

धर्ना र अनसन बसेकाहरूसँग संवाद गरी समाधानमा पुग्न पदाधिकारी बैठकले सहमहामन्त्री प्रकाशशरण महत र पूर्वसहमहामन्त्री रामशरण महतलाई जिम्मेवारी दिएको थियो।

कांग्रेसले भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने भनेको छ। क्रियाशील विवाद नटुंगिँदा महाधिवेशन प्रभावित हुनसक्ने जोखिम बढेको नेताहरू बताउँछन्। क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएपछि अधिवेशनका नयाँ तालिका आउने कांग्रेस स्रोतको भनाइ छ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ११ गते सोमबार