मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । संयुक्त विद्यार्थी संगठनद्धारा विश्वविद्यालयले विद्याथीहरुका मागप्रति वास्था नगेको भन्दै एमयू केन्द्रिय क्यापस, परीक्षा व्यवस्थापन कार्यालय लगायत सम्पूर्ण संकायको क्यापसहरुमा अनिश्चितकालिन ताला गरिएको हो ।


गठबन्धनमा आवद्ध विद्यार्थीहरुले यहीँ साउन ३ गते १८ बुँदे माग तथा ध्यानाकर्षण पत्र बुझाएका थिए । तर लामो समय बितिसक्दा समेत त्यसपछि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि थप दबाब दिनको लागि तालाबन्दी गर्नुपरेको संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

एमयूमा अध्ययनरत विद्यार्थी तथा अखिल क्रान्तिकारीकी नेतृ ममता अधिकारीका अनुसार विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइने पानी भिसी, रजिस्ट्रार र सम्पूर्ण डिन कार्यलयहरु, परिक्षा नियन्त्रण कार्यलय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, ल क्याम्पस र इन्जिनियरिङ संकाय केन्द्रीय क्याम्पसहरु अनिश्चितकालका लागि तालाबन्दी गरिएको हो ।

उनले आफूहरुका मागको सम्बोधन नभए थप संघर्षका कार्यक्रम अघि सारिनुपर्ने बताएकी छन् । उनीहरुले यसअघि प्रशासन सामू राखेको १८ बुँदे माग पुरा हुनुपर्ने माग राखेका छन् । ती माग पुरा गर्नको लागि उनीहरुले आन्दोलन गरिरहेका हुन् । यता विश्वविद्यालय प्रशासनले नजिकिदै गरेको परीक्षाको मुखैमा विद्यार्थी संगठनले क्याम्पस तालाबन्दी गर्न उपयुक्त नभएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार