काठमाडौँ ।
जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुने भएका छन् । पाकिस्तानले पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यसपछि भएको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकामाथि १२४ रनको सानदार जित निकाल्यो । यससँगै स्वर्ण भिडन्त भारत र पाकिस्तानबीच पक्का भएको हो ।
पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो । वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यसपछि भएको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई पराजित गर्दै पाकिस्तानसँगको फाइनल भेट पक्का गरेको हो । यससँगै एसियन गेम्सको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त तय भएको छ ।
भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । उसका लागि इशान किशनले ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ८० रन बनाए । १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट हुनु पुग्यो । उसका लागि नुवानिडु फर्नान्डोले १५ रन जोड्दा अरु सबै ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
बलिङमा भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २–२ विकेट लिए । स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ । एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति आमनेसामने हुन लागेकाले फाइनललाई विशेष महत्वका साथ हेरिएको छ । सेमिफाइनलमा पराजित बंगलादेश र श्रीलंकाले भने कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । कास्य पदकको खेल पनि शनिबार नै हुनेछ ।









प्रतिक्रिया दिनुहोस्