अवैध सामान बरामद



कोहलपुर ।

भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न सामानहरु बरामद गरेको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएको विभिन्न सशस्त्रका युनिटहरुले अवैध सामान बरामद गरेका हुन् ।

बर्दियामा सीमा ईलाकामा आफ्नो सक्रियता बढाएको सशस्त्र प्रहरीले विभिन्न सामानहरु बरामद गरेको हो । भारतबाट चोरी तस्करी गरी अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण गुलरिया बर्दियाले जनाएको छ ।

१ लाख ४९ हजार ४ सय बढी मूल्यका विभिन्न सामानहरु नियन्त्रणमा सशस्त्र प्रहरीले लिएको हो । चोरी तस्करी नियन्त्रण गर्दै सीमा सुरक्षालाई चुस्त तथा प्रभावकारी व्यवस्थापन गर्नको लागि सीमावर्ती ईलाकामा रहेका बिओपी, फरवार्ड बेशहरु लागिपरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण गुलरिया बर्दियाले जनाएको छ । सशस्त्रले चोरी पैठारीमा संग्लन २ थान मोटरसाइकल, सुतलीको डोरी, कपडा र उक्त कार्यमा संग्लन २ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका, १० बर्दियाका २२ वर्षीय सचिन बर्मा र सोही ठाउँका १८ वर्षीय रामु यादव रहेका छन् । उनीहरुले सीमावर्ती ईलाकामा हुने अपराधिक गतिविधिहरु न्यूनिकरण गरेर स्थानीयहरु शान्ति सुरक्षा समेत प्रदान गरिरहेका छन् । बरामद भएका सामानसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण गुलरिया बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ६ गते आइतबार