प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता : कुल १२ अर्ब रकम छुट्याइयो



काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको छ। २ लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो।

थप एक सयलाई सीपमूलक तालिम दिन ४० करोड बजेट विनियोजन गरिएको छ। अर्थ मन्त्री विष्णु पौडेलले २५ हजार रोजगारी सिर्जना गर्न १ अर्ब बजेट प्रस्तुत गरेका छन्।

३ महिनासम्म प्रशिक्षार्थी कामदारलाई अनुदान दिइने र २ वर्षसम्म कम्पनीले रोजगारी दिनुपर्ने बताइएको छ। स्नातक तह पास गरेकाले २५ लाखसम्म ५ प्रतिशत अनुदानमा सहुलियत ऋण पाउने छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ। श्रम अडिट गर्ने, श्रम कानुन पालना गर्न अर्थमन्त्री पौडेलले बताए। सामाजिक दुर्घटना बिमा निःशुल्क गर्ने बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार