कर्णाली प्रदेशमा थप ४ संक्रमितको मृत्यु



सुर्खेत ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सोमबार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका तीन जना र सल्यानका एक जना रहेका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर सोमबार ५२६ जनाको पीसीआर परीक्षण गर्दा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा २२८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ४२५ जना आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

एक सातायता कर्णालीमा कोरोना संक्रमणदर तिव्र रुपमा फैलिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ११ गते मंगलबार