रिसोर्टमा युवती राखेर खुलम खुला यौन धन्दा



कैलाली ।

रिसोर्टमा युवतीहरु राखेर यौन धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले रिसोर्ट सञ्चालकलाई पक्राउ गरेको छ ।

धनगढी–६ धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टका सञ्चालक रामप्रसाद चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

रिसोर्टबाट पाँच जना युवतीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रनाउ विष्टका अनुसार चौधरीले पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

निज चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ४ गते बुधबार