नेपाल मगर संघको प्रथम सम्पन्न



कोहलपुर । 

नेपाल मगर संघ कोहलपुर नगर कमिटीको प्रथम अधिबेसन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिबेसनले नयाँ कार्य समिति समेत चयन गरेको छ । अधिबेशनले कृष्ण बहादुर पुन मगरको अध्यक्षमा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा अमर बहादुर छामिछाने मगर, सचिवमा खगिसरा राना मगर, कोषाध्यक्षमा मिना पुन मगर र सह– सचिव हेमन्त पुन मगरलाई चयन गरिएको हो ।

अधिबेशनका मुख्य अतिथि लुम्बिनी प्रदेशका मुख्य सचिव गोपाल पुन मगर रहेका थिए । उनले मगर समुदायको हक र हितका लागि काम गर्नु पर्ने बताएका थिए ।उनले प्रदेश सरकारले समेत मगरहरुको हक र हितका लागि काम गरिरहेको छ ।

अधिबेशन नेपाल मगर संघ बाँकेका अध्यक्ष डम्बर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो । प्रथम अधिबेशनले १५ गते मगर दिवस मनाउने निर्णय गरेको संघका पूर्व सचिव प्रेम पुनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ९ गते आइतबार