कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर १० विद्युतरोडका दिपक अर्यालले आफ्नो जन्मदिन पृथक रुपमा मनाएका छन् । हार्डवेयर पसल सञ्चालन गर्दै आएका अर्यालले पुस्तकालयलाई पुस्तक सहयोग गरेका हुन् ।
उनले आफ्नो ईच्छा अनुसार जडिबुटी, आयुर्बेद र तिनको उपयोगिताको बारेमा लेखिएको सम्पूर्ण पुस्तक महारसनिघन्टु भाग १,२ र ३ को एक सेट पुस्तक कोहलपुर हार्डवेयर ब्यवसायी संघलाई उपलब्ध गराएका थिए ।
यस्तै कोहलपुर हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुमार उप्रेतीले अर्यालले प्रदान गरेका पुस्तक पुस्तकालयलाई हस्तान्त्रण गरेका हुन् । यता ज्ञानोदय पुस्तकालयका सचिब सुशील सापकोटाल पुस्तक हस्तान्त्रण गरेको प्रति हार्डवेयर व्यवसायी संघले अनुकरणीय काम गरेकोमा खुशी ब्यक्त गरे ।
हार्डवेयर ब्यवसायी संघका उपाध्यक्ष तथा पुस्तक दाता स्वयं दिपक अर्यालले स्थानीय पुस्तकालयलाई सहयोग गर्न पाउँदा आफुलाई गर्व लागेको बताए । धर्म महारस द्वारा लिखित महारसनिघन्टुको एकसेटको मूल्य नौ हजार रहेको छ ।









प्रतिक्रिया दिनुहोस्