कोहलपुर मोडेल कलेजमा अभिमुखीकरण



कोहलपुर 

कोहलपुर नगरपालिकास्थित कोहलपुर मोडेल कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एम.वि.स.वि.आइ.एम. र वि.वि.एसमा अध्ययनरत विद्यार्थीहरुका लागि अभिमुखीकरण सम्पन्न भएको हो ।

आइतबार कलेजमा आयोजना गरिएको अभिमखीकरणमा त्रिभूवन विद्यालय विद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । उनले सहभागी विद्यार्थीहरुलाई व्यवस्थापन संकायको पाठ्क्रम, शिक्षण पद्धती, र मूल्यांकन पद्धतीका बारेमा प्रशिक्षित गराएका हुन् ।

यस्तै अभिमुखीकरणमा त्रि.वि. व्यवस्थापन संकायका सहायक डीन दिनेशमणी घिमिरेले विद्यार्थीहरुलाई करियर गाइडेन्स र काउन्सिलिङ गरेका थिए । उक्त कार्यक्रम कोहलपुर मोडल कलेजका संस्थापक एंव क्याम्पस प्रमुख संजिवबाबु पंगेनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमबार