सम्पादकीय : पर्यटकीय हब बनाऔँ



नेपालको सबैभन्दा लामो मध्येको कर्णाली पुल अहिले पर्यटकीय स्थलका रुपमा परिचित हुन थालेको छ । लम्की चुहा ३ चिसापानीमा रहेको कर्णाली पुलमा घुम्न आउनेहरुको संख्या बढ्दै जान थालेको हो ।यहाँ देशका विभिन्न भागबाट घुम्न आउने गरेका छन् । यो पुल निकै सुन्दर छ । र लामो पनि छ । यही पुलमा रमाउन मानिसहरु निकै आउने गरेका छन् । कणाली नदि समेत यहाँ रहेकोले पनि घुम्न आउनेहरुको संख्या बढिरहेको हो ।कोरोना कहरको समयमा शुन्य अवस्थामा रहेका मानिसहरु अहिले त्यहाँ दैनिक जसो आउने गरेका छन् ।शनिबारका दिन सबै भन्दा बढी आन्तरिक पर्यटकहरुको त्यहाँ घुइँचो लाग्ने गरेको छ । त्यहाँ जानेहरुको मुख्य आकर्षक माछादेखि टिकटक बनाउने सम्म हो । त्यहाँ अहिले विभिन्न म्युजिक भिडियो समेत खिचिन थालेका छन् ।त्यहाँको सुन्दर वातावरण पनि कारक बन्न थालेको छ । पछिल्लो समय चिसापानी व्यवसाय समेत फस्टाउँदै जान थालेको छ ।

त्यहाँको अर्को विशेषता भनेको माछा समेत हो ।जुन पछिल्लो समय चिसापानी क्षेत्रको एक प्रकारको ब्राण्ड नै बनेको छ ।त्यहाँ फुटपातदेखि रेण्टुरेन्ट सम्म माछा बेचिन्छ । माछा धेरै बेरोजगारहरुको रोजगारीको माध्यम बनेको छ । विदेश जान छोडेर युवाहरु माछा बेच्छन् ।रोजगारी रोजीरोटीको माध्यम बनेको छ । त्यसैले माछा त्यहाँको एक आकर्षक समेत हो ।चिसापानीमा माछा कै बजार ठूलो छ । त्यहाँ अन्य ससाना व्यवसाय समेत चल्दै आएका छन् ।

उक्त क्षेत्र पर्यटकीय गन्तव्यको सम्भावना समेत बोकेको क्षेत्र हो । त्यो क्षेत्रको व्यापक प्रचारप्रसार गर्न आवश्यक देखिन्छ । अहिले त्यहाँ मानिसहरु जान्छन् । त्यहाँ प्रविधिको विकाससँगै मानिसहरुले जानकारी प्राप्त गरेर मात्र गइरहेका छन् । प्रविधि विकासको फाइदा एकातिर भएको छ ।यस्तै त्यहाँको प्रचारको अर्को माध्यम टिकटकले बनाएको हो । त्यहाँ पुग्ने हर कोही टिकटक नबनाई फर्किदैन । पछिल्लो समय त झन म्युजिक भिडियो समेत खिचिन थालेका छन् । यदि धेरै कुराहरुको जानकारी हुँदाहुँदै पनि स्थनीय सरकारले भने अहिले त्यहाँको प्रचारप्रसारको लागि अहिले सम्म कदम चालेको देखिदैन । त्यसैले स्थानीय सरकारले त्यहाँको विकास र पर्यटन प्रवद्र्धनका लागि योजना बनाउनुको विकल्प छैन ।स्थानीय सरकारको नीति तथा कार्यक्रममा समेत यस्ता कुराले प्राथमिकता पाउनैपर्छ ।कर्णाली चिसापानी क्षेत्र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । त्यसलाई हब बनाउन लागि परौँ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमबार