सुजाता स्मृति फुटबल प्रतियोगिता तयारी अन्तिम चरणमा



कोहलपुर ।

माघ २५ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने सुजाता स्मृति फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बाँकेको कोहलपुरस्थित १३ विगाहाको मैदानमा आयोजना गरिने राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । फुटबल प्रतियोगिता आयोजना पूर्व गरिने सम्पूर्ण तयारी पुरा भएको आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबले जनाएको छ ।

कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष यज्ञ बहादुर महराका अनुसार फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । यसको तयारीको लागि १ सय ५१ जनाको मुल समिति बनाएका छौ । पाँच वटा उप समिति छन् । अहिलेसम्म १० वटा टिमहरु दर्ता भएका छन् । अझै आउने क्रम जारी छ ।’ उनले भने । यस्तै माघ २३ गते २ बजेसम्म टिम दर्ता गराउने समय रहेको रहेको बताए । हुलास पिठो र सनराइज कपी उद्योगले प्रायोजक रहेको उनले जानकारी दिए ।

क्लबका कोषाध्यक्ष काशी अधिकारीको दिवङ्गत श्रीमतीको स्मृतीमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । भारतको साहारा क्लबले समेत सहभागीता जनाउने प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहीबार