संसद् विघटनको सिफारिससँगै बाँकेका सुरक्षा निकाय ‘हाइ अलर्ट’



कोहलपुर ।

मन्त्रीपरिषद् बैठकले संसद् विघटनको निर्णय गरेसँगै बाँकेमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले राजनितिक अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मीहरुलाई ‘हाइ हलर्ट’ मा राखिएको बताए ।

‘अहिलसम्म संसद विघटन गर्ने निर्णयलाई लिएर जिल्लामा कुनै गतिविधि भएका छैनन्’ उनले मिसन टुडेको कुराकानीमा भने, ‘सभ्भावित हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ ।’

यही विषयलाई लिएर बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा केहीबेर अघि बैठक बसेर चारै वटा सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ बस्न निर्देशन दिइसकेको छ ।

सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको हो । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ५ गते आइतबार