चलाउँदा चलाउँदै यसरी जल्यो नयाँ हिरो एक्स प्लस मोटरसाइकल



कोहलपुर ।

एक व्यक्तिले किनेको ३ दिनमै मोटरसाइकल जलेको छ।

भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोर्टर्सको हिरो एक्स प्लस मोटरसाइकल चलाउँदै चलाउँदै आफै जलेको ती युवकले बताएका छन्।

नेपाल बैंक लिमिटेड बैंक शाखामा कार्यरत विकास आचार्यले असोज ७ गते बाग्लुंगको एक सोरमबाट उक्त मोटरसाइकल किनेका थिए।

२ सय सीसीको उक्त मोटरसाइकल म्याग्दी सदरमुकाम बेनीबाट मंगलातर्फ जानेक्रममा बाटोमा अचानक आगलागी भएर जलेको उनले बताएका छन्।

 

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १३ गते शनिबार