धमाधम बबई सिंचाइ आयोजनाको काम



बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टर जमिन गरी कुल ३६ हजार हेक्टरमा सिंचाइ सुविधा
पु¥याउने गरी अहिले नहर निर्माणको काम धमाधम चलिरहेको छ । बबई सिंचाइ आयोजनाको हालसम्ममा ३४ किलोमिटर नहर निर्माण भइसकेको छ । आगामी २०७८÷७९ सम्म ४३ किलोमिटर नहर बनाउने आयोजनाको लक्ष्य छ ।


कोहलपुर ।

जिल्लामा रहेको राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजनाको नहर निर्माणको काम तीव्रगतिमा अगाडि बढाएको छ । पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमिनमा वर्षैभरि सिंचाइ सुविधा उपलब्ध गराउने गरी आयोजनाले अहिले नहर निर्माणको कामलाई तिव्रता दिएको हो । बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टरमा सिंचाइ सुविधा पु¥याउने गरी अहिले नहर निर्माण भइरहेको छ ।

कृषियोग्य जमीनलाई सिंचाइ सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमको आर्थिक सहयोगमा आव २०४९/५० बाट परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा बबई नदीको पानी नहरमार्फत पु¥याउँदै आव २०७४/७५ मा सक्ने लक्ष्य आयोजनाले राखेको थियो । नहर निमार्णमा २०७१ तथा २०७४ मा आएको बाढीले बगाएको हुँदा बाढीबाट भत्किएका संरचना र नयाँ संरचना आयोजनाले थप पश्चिमी मूल नहर गुलरियासम्म पु¥याउने लक्ष्य लिएको आयोजनाका प्रमुख मधुकर रानाले बताए ।

पश्चिम क्षेत्र विकास विस्तार सिञ्चित क्षेत्र बचावटका लागि तटबन्धन निर्माण शाखा उपशाखा नहरको आधुनिकीकरणलगायतका कार्य गर्दै आइरहेकाले गर्दा आव २०७८÷७९ मा आयोजनाले नहर निर्माण गर्दा रू. १२ अर्ब ५६ करोड ८० हजार गुरुयोजनामा कार्यान्वयन गरिरहेको छ । बबई सिंचाइ आयोजनाको हालसम्ममा ३४ किलोमिटर नहर निर्माण भइसकेको छ । आगामी २०७८/७९ सम्म ४३ किलोमिटर नहर बनाउने आयोजनाको लक्ष्य लिएको छ ।

आगामी वर्षसम्म पश्चिमी भेगको नहर निर्माण गुुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म गरिसक्ने लक्ष्य आयोजनाले लिएको छ । बबई सिंचाइ आयोजनाले पूर्वतर्फ बाँकी रहेको करीब दुई किलोमिटर मूल नहर आधुनिकीकरण गरी ३४ किलोमिटर नहर निर्माण गर्ने यो वर्षको लक्ष्य रहेको आयोजनाका प्रमुख रानाले जनाए ।

बबई नदीको बायाँतर्फको ६ वटा अति जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्याङ्कन चरण पूरा भएको उनले बताए । बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्धन पुनर्निर्माण तीन किलोमिटरमा भइरहेको छ । पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचनाहरु निर्माण भइरहेको आयोजनाले जनाएको छ । भेरी बबई डाइभर्सन पूरा भएपश्चात आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कार्यका प्रक्रिया अगाडि बढाउन सरोकोरवाला निकायसँग छलफल तथा अन्तरक्रिया भएको बताएको छ ।

बबई सिंचाइ आयोजनाले यस वर्ष ७० प्रतिशत भौतिक प्रगति गरेको छ । अहिलेसम्म मुआब्जा वितरणसमेत गरी रू. ७५ करोड ६३ लाख ५५ हजार चालु आर्थिक वर्षसम्म खर्च गरेको आयोजनाका प्रमुख रानाले बताए । बबई सिंचाइ आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूल्याङ्कनपश्चात मुआब्जा वितरण कार्य चालू आवमै सम्पन्न गरिने उनको भनाई रहेको छ । वर्षमा फागुनदेखि जेठसम्म मात्र निर्माणको काम गर्न सकिने उनले बताए । ४ दशमलव ९ किलोमिटर मूल नहर बनाउने योजना रहेको छ ।

शाखा उपशाखा प्रशाखाहरु १७ किलोमिटर पक्की नहर निर्माण गर्ने योजना छ । त्यसैगरी बबई नदीको बायाँतर्फ चार किलोमिटर तटबन्ध गर्ने योजना छ । यस वर्ष ४ हजार हेक्टर जमीनमा सिंचाइ पु¥याउने योजना छ । कोरोना महामारीमा विदेशबाट फर्किएका युवा कृषि खेतीतर्फ आकर्षित भएको बेलामा बबई प्रशस्त सिंचाइ पु¥याउँदा कृषक खुशी छन् ।

बबई नदीमा आएको २०७४/७५ को बाढीले करीब एक किलोमिटर नहरमा माटो ल्याएकाले सो लेदोलाई सरसफाइ गर्न सिंचाइका उपभोक्ताले स्वस्फूर्त तरिकाबाट ४९ वटा गाउँका ५७ वटा मौजाका उपभोक्ताले नहरको निःशुल्क सरसफाइ गर्दै आइरहेको आयोजनाका प्रमुख रानाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ८ गते सोमबार