पोखरा ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष गोपालकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शर्माले बुधबार नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्षेत्री र राजेन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरको उपस्थिति रहेको थियो ।
संस्थाका यसअघिका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएपछि रिक्त रहेको संस्थापक समूह अन्तर्गतको सञ्चालक पदमा गोपालकुमार शर्मालाई नियुक्त गरिएको थियो । त्यसपछि संस्थाको सञ्चालक समितिको १८४औँ बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष शर्मा लामो समय शिक्षण पेशामा आबद्ध रही अवकाशप्राप्त व्यक्ति हुन् । उनले शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् । शपथ ग्रहणसँगै शर्माले संस्थाको सञ्चालक समितिको नेतृत्व सम्हालेका छन् ।









प्रतिक्रिया दिनुहोस्