वडा स्तरीय समिति गठन



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ मा वडा स्तरीय स्वास्थ्य संस्था सञ्चालन गर्न समिति गठन गरिएको छ । वडाध्यक्ष टेकचन हरिजनको अध्यक्षतामा बसेको वडा स्तरीय सरोकारहरुको बैठकले स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको
हो ।

वडाध्यक्ष हरिजन कै अध्यक्षमा सात सदस्सीय समिति गठन गरिएको थियो । समितिको संरक्षकमा नगर प्रमुख लुट बहादुर रावत रहेका छन् । समितिको उपाध्यक्षमा रुपमिना शर्मालाई चयन गरिएको छ । समितिको सदस्यहरुमा विनिता न्यौपाने, गगन बहादुर थापा, देवि बिष्ट र सुवास यादव रहेका छन् । उक्त समितिको सदस्य सचिवको जिम्मेवारी भने नविन भण्डारीलाई दिइएको छ । यस्तै तीन जनालाई समितिको आमन्त्रित सदस्यको रुपमा चयन गरिएको वडा अध्यक्ष हरिजनले जानकारी दिए ।

उनका अनुसार आमन्त्रित सदस्यका रुपमा विनोद थापा, विनिता शर्मा र माया सुनारलाई चयन गरिएको छ । उनले उक्त समितिले जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि काम गर्ने बताएका छन् । उनले वडा नम्बर १४ मा रहेका स्वास्थ्य संस्था मार्फत नागरिकहरुको सहज पहुँज र सेवा समेत विस्तार गरिने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १८ गते मंगलबार