चरेशसहित रोल्पामा २ जना पक्राउ



रोल्पा,१४ माघ/   रोल्पाबाट ५० किलो लागुऔषध चरेशसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

५ नम्बर प्रहरी अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षक अरुण कुमार सिहँको नेतृत्वमा खटिएको टोलीले आज बिहान माडी गाउँपालिका २ घर्तीगाउँबाट लागुऔषध चरेशसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मधुप्रसाद पुडासैनीले लागुऔषधको ओसार पसार नियन्त्रण कार्ययोजना सार्वजनिक गरे लगतै प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेश बरामद गरेको हो ।

लागुऔषध चरेशसहित पक्राउ पर्नेमा थवाङ गाउँपालिकाका वडा नम्बर ३ का प्रश्न बुढामगर र शेरबहादुर बुढामगर गरेको एआईजी पुडासैनीले जानकारी दिनुभयो ।

लागुऔषध विरुद्वको सिधा कारबाही अभियान अन्तर्गत लागुऔषध चरेशसहित उनीहरुलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई लागुऔषध चरेशसहित आवश्यक कारबाहीका लागि थवाङ प्रहरीको जिम्मा लगाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार