ब्राउन सुगरसहित चार पक्राउ



नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले २२ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरीकसहित ४ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश टोलीले नेपालगञ्ज–१३ किसान ईटाभट्टा नजिकबाट सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले २० ग्राम ब्राउन सुगरसहित भारत बहराइच जिल्ला रुपैडिहाका २९ वर्षिय राकेश सोनी, १८ वर्षिय जोगेन्द्र सोनी पक्राउ परेको जानकारी दिए ।

यस्तै नेपाली नागरीक बाँकेको खजुरा गाउपालिका–३ का २५ वर्षिय बिष्णुुु थापा र नेपालगञ्ज–२ का सागर थापाको साथबाट प्रहरीले थप २ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार थापाद्वयले सोनीद्वयका साथबाट सो ब्राउन सुगर खरिद गरेको खुल्न आएको बाँके प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १८ गते मंगलबार