डिउटीकै क्रममा तस्करहरुको गिरोहबाट मारिएका असई गोविन्द बिकको अन्तिम श्रद्धाञ्जली कार्यक्रम भोली विहिबार हुने भएको छ । कार्तिक १ गते राति मारिएका उनको १३ औं पुन्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको हो ।
मृतक बिककी आमा कलामति बिकले प्रेषित भावपूर्ण श्रद्धाञ्जली निमन्त्रणा पत्र अनुसार सो कार्यक्रम बिकको जन्म स्थान पुनर्वास नगरपालिका ९ ख गाउँ, कञ्चनपुरमा हुने भएको छ ।
मृतक बिक धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत थिए । उनी संगै डिउटीमा खटिएका प्रहरी जवान रामबहादुर साउद पनि सोही आपराधिक गिरोहबाट मारिएका थिए ।
हाल प्रहरीले सो घटनामा संलग्न रहेका ८ जना विरुद्ध मुद्धा चलाएको छ ।
प्रकाशित मिति : २०७७ कात्तिक १२ गते बुधबार










प्रतिक्रिया दिनुहोस्