नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा बिहीबारदेखि बजाज मोटरसाइकलको शोरुम सञ्चालनमा आएको छ । नेपालगञ्जका लागि आधिकारिक बिक्रेता पानस अटो मोटर्स प्रालिले बजाजको शोरुम र सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा आएको हो ।
बिहीबार विश्वकर्मा पूजाको अवसर पारेर कारकाँदो चोक नजिकै रहेको शोरुम र सर्भिस सेन्टरको नेपालगञ्ज उप–महानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले उद्घाटन गरेका थिए । लामो समयदेखि अटो मोबाइल लगायत अन्य क्षेत्रमा व्यवसाय गरिरहेको पानस ग्रुप अन्तरर्गतको पानस अटो मोटर्स प्रालि नेपालगञ्जमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता बनेको छ ।
पानस अटो मोटर्स प्रालिका सञ्चालक ज्ञानेन्द्र खनालले सेवाग्राहीलाई ध्यानमा राखेर आफुहरुले काम गर्ने बताए । ‘हाम्रो ग्राहकहरुलाई खुसी पार्नु नै हाम्रो मुख्य उद्देश्य हो’ उनले भने, ‘हाम्रा ग्राहकहरु जहाँ भएपनि राम्रो सर्भिस दिनेमा हाम्रो ध्यान जानेछ ।’
उद्घाटन समारोहमा बोल्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख राणाले कोरोना महामारीको बेला पनि यस्ता शोरुमहरु सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । ‘कोरोना अर्थतन्त्र कमजोर बन्दै भएको बेला हाम्रो उप–महानगरपालिकामा बजाजको शोरुमा सञ्चालनमा ल्याउनुभएकोमा हामी खुसी छौं’ उनले भने, ‘यसले यहाँको अर्थतन्त्र चलायमान गराउन केही भएपनि भूमिका खेल्नेछ ।
हाम्रो तर्फबाट हुनुपर्ने सबै सहयोग हुनेछ ।’ सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन पानस अटो मोटर्सलाई नगर प्रमुख राणाले सुझाव दिएका थिए । पानस अटो मोटर्स प्रालिका अध्यक्ष घननाथ खनालले बजाजका सबै मोडेल बाइक, स्पेयर्स पार्टसहरु समेत उपलब्ध हुने बताए । उनका अनुसार शोरुम नजिकै बजाजको अत्याधुनिक सर्भिस सेन्टर समेत सञ्चालनमा आएको छ । ‘हाम्रा ग्राहकहरुलाई सबैखाले सेवाहरु एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य छ’ पानस अटो मोटर्स प्रालिका अध्यक्ष खनालले भने, ‘देशकै उत्कृष्ट डिलरको रुपमा हामी यसलाई चिनाउन चाहान्छौं ।’
शोरुम उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधी, विभिन्न उद्योग बाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक भने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ ।









प्रतिक्रिया दिनुहोस्