सोम नाथ लुइटेल ‘रवि’ का सुन्दर गजल !



 

गजल

बन्धन पनि कल्पनाको बाधेर गयौ तिमी ।
प्रेम संग प्रेम को मुल्य साटेर गयौ तिमी ।।

बाचा गर्यौ आउछु भनी मिथ्या भयो सबै
आउँछ भनि मलाइ नि डाकेर गयौ तिमी ।।

मायामा झुटा कुरा आउन थालेपछी यहाँ ।
मुटुमा छिया पार्न तिर हानेर गयौ तिमी ।।

अचानक घटी बढी कुरा नै चलाएर गयो ।
जिद्ध पनि लाचारी संग नापेर गयौ तिमी ।।

सकेनौ बाध्न कल्पनामा कल्पनाकै कुरा ।
बिपनाको फुलबारी नि मासेर गयौ तिमी।।

@पाल्पाली

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार