कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाले आज देखि ७ गते सम्म भीडभाड सहित तीजका कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण उच्च जोखिम रहेकोले भीडभाड, हो होल्ला, दर पाटी नगर्न सबैमा आग्रह गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भाद्र ३ गते अर्थात आजदेखि ७ गतेसम्म बैजनाथ गाउँपालिका भित्र हरितालिका तीजको अवसरमा गरिने नृत्य ,दर पार्टी, भेला जमघट जस्ता भीडभाड नगर्न र नगराउनु हुन अपिल समेत गरिएको हो ।
साउन ३२ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार स्वास्थ्य मादण्डका न्यूनतम अपनाउन र सुरक्षा व्यवस्थापन गर्नको लागि आग्रह गर्ने निर्णय गरिएको उल्लेख गरिएको हो । यस्तै उक्त विज्ञप्तिमा कोरोना कहरका कारण माक्स लगाउने, अरुसँग नजिक नहुने, सेनिटाइजर प्रयोग गर्ने र बारम्बार साबुनपानीले हात धुने जस्ता क्रियाकलापले निरन्तर गर्न गराउनुहुन अनुरोध गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्