बाँके, साउन ।
गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । सबैभन्दा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो ।
जमुनाह नाकादेखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन-डी, विष्कुट र पानी वितरण गरिएको क्लिनिक संचालक समेत रहेका डा.प्रतिक श्रेष्ठले जानकारी दिए ।
कोरोन भाइरस महामारीकाबीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उनको भनाइ छ ।
करिव ५० जनालाई सामाग्री वितरण गरिएको जानकारी दिँदै उनले त्यसमा केही पत्रकारहरुलाई समेत समेटिएको बताए । उनले आगामी दिनमा पनि यसखालको अभियानलाई जारी राख्ने प्रतिबद्धता समेत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्