१
अभिलाषाभन्दा ठूलो प्रदर्शन नहोस् ।
मुटुबाट सद्भावको प्रभंजन नहोस् ।
समयसँगै रहर बदलिए पनि ।
आँखाबाट सपनाको विघटन नहोस् ।
२
यहाँ मान्छेले बाँचे सजाय पाइन्छ ।
बरु मर्ने अनेकौं उपाय पाइन्छ ।
यो त संसारको पुरानो परम्परा हो ।
नचाहेको कुरा यहाँ प्रायः पाइन्छ ।
नेपालगन्ज, बाँके
प्रकाशित मिति : २०७७ साउन ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्