महानन्द ढकालका सुन्दर मुक्तक



सिमानामाथिको मनपरि कति सहनु ?

उखलिन्छन् किल्ला घरिघरि कति सहनु ?

ए सरकार एक एक थान हतियार उपहार दे

सधैं सधैंको दादागिरी कति सहनु ?

मैले वचपन सम्झेको छु, टारी सम्झेको छु ।

लुकामारी खेलेको गैह्राबारी सम्झेको छु ।

मलाई जन्मायो, हुर्कायो बढो मुस्किलले

स्याङ्जा, पञ्चमुल, तमाखुबारी सम्झेको छु ।

कोहलपुर, बाँके

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३ गते शनिबार