नेपालको निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित, नक्साको स्वागतमा दीप प्रज्ज्वलन



कोहलपुर ।

प्रतिनिधी सभाबाट सर्बसम्मतरुपमा नेपालको नयाँ नक्सा पारित भएको खुशियालीमा बाँकेसहित विभिन्न स्थानहरुमा दिपावली गरिएको छ । बाँकेको कोहलपुर, नेपालगञ्ज, खजुरा, बैजनाथ, बर्दियाको बाँसगढी, राजापुर, ठाकुरबाबा लगायत देशभर शनिबार साँझ दिपावली गरिएको हो । विभिन्न स्थानमा स्थानीय सरकार, विभिन्न राजनितिक दल, युवा, स्थानीयबासी लगायतको अगुवाईमा नेपालको नयाँ नक्सा पारित भएको खुशियालीमा दिपावली गरेर खुशियाली मनाइएको थियो ।Image may contain: 2 people, including Narendra Neupane

लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको भुमी समेटेर जारी गरिएको नयाँ नक्सा प्रतिनिधी सभाबाट सर्बसम्मत पारित भएकोमा खुशी हुँदै जिल्लाबासीले दिपावली गरेर खुशीयाली मनाएको नेकपाका नेता सुर्य ढकालले बताए । शनिबार साझ बजार देखि गाउँसम्मका मुख्यमुख्य चोकहरुमा दिपावली गरिएको हो । शनिबार प्रतिनिधी सभाबाट नयाँ नक्सा समेटिएको संविधान (दोस्रो संशोधन) विधेयक –२०७७ पारित भएसँगै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाइने छ ।Image may contain: 4 people, people standing

त्यसपछि नेपालको संविधानको अनुसूची –३ धारा ९ को उपधारा (२) मा नेपालको नयाँ नक्सासहितको निशान छाप राखिने छ । मुलुकमा राष्ट्रियताका लागि भएको अभूतपूर्व एकता, सहमती र ऐतिहासिक फैसला भएको भन्दै दिपावली गरिएको बर्दियाका युवा नेता दिपकराज तिमिल्सेनाले बताए । दिवावलीका क्रममा युवाहरुले साझ चोकचोकमा राष्ट्रिय भक्ति स्वदेश गान घन्काएका थिए ।Image may contain: 5 people, people standing

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३२ गते आइतबार