कोहलपुर ।
शुक्रबार कोहलपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरुका नाममा पत्राचार ग¥यो । ‘कोभिड–१९ कहरको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि विद्यालयमा नयाँ विद्यार्थी भर्ना नलिनु ।’ कोहलपुर शिक्षा शाखाले कोहलपुर नगरपालिकाभित्र रहेका ३० वटा सामुदायिक विद्यालयहरुलाई भर्ना नगर्न निर्देशन नै जारी गरेको थियो ।
शाखाले आफ्ना विद्यार्थीहरुलाई फोन वा अन्य कुनै पनि माध्यमबाट सम्पर्क गर्न गरेको निर्देशन विपरित अभिभावकलाई विद्यालयमा नै बोलाएर भर्ना लिएको गुनासो बढ्न थालेपछि शुक्रबार फेरी ती विद्यालयहरुलाई विद्यार्थी भर्ना नगर्न र अभिभावकहरुलाई नबोलाउन निर्देशन जारी गरेको हो । साथै ती विद्यालयहरुमा भइरहेका गतिविधि तत्काल बन्द गर्न आग्रह गरिएको छ ।
नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजारद्धारा हस्ताक्षरित पत्रमा नगर शिक्षा शाखाको पटक–पटकको निर्देशन बेवास्ता गरि विद्यालयमा नै विद्यार्थी र अभिभावक बोलाएर भर्ना तथा प्रवेश परिक्षा गर्ने जस्ता गतिविधि नदोहो¥याउन भनिएको छ । यदि उक्त निर्देशनको बेवास्ता गरिएमा विद्यालय प्रशासन तथा संलग्न व्यक्ति उपर नियमानुसार कारबाही भइजाने बताइएको छ । साथै यस विषम परिस्थितिमा अब उप्रान्तको शैक्षिक गतिविधि सञ्चालन सम्बन्धमा शिक्षा शाखा तथा सरोकारवालाहरु प्रक्रियाहरुमा रहेको हुँदा रचनात्मक सुझावको समेत अपेक्षा गरिएको उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्