नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिलाई आगामी आर्थिक वर्षको बजेटमा समपूरक र विशेष अनुदानमा बजेट विनियोजन गरिएको छैन । दुवै शिर्षकमा संघिय सरकारले बजेट विनियोजन गरेपछि आर्थिक वर्ष २०७७÷७८ कोे सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा बजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरिएको हो । उपमहानगरपालिकाले समपूरक र विशेष अनुदान शिर्षकमा बजेट विनियोजनका लागि केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले बताए ।
कार्यापालिका बैठकले नेपालगञ्जको त्रिभुवनचोकमा स्तम्भ निर्माण गरि राष्ट्रिय झण्डा राख्ने निर्णय समेत गरेको थियो । बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जको धम्बोझीमा वाटरपार्क छिट्टै सञ्चालनमा आउने भएको छ । कार्यपालिका बैठकले वाटरपार्क सञ्चालनका लागि ठेक्का आव्हान गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष रिजालले बताए ।
बैठकले फोहोरमैला ब्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरि थालनी गर्ने र गोबर ग्याँसमा अनुदान दिने निर्णय समेत गरेको बैठकपछि उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । उपमहानगरपालिकामा दरबन्दी भन्दा बढि कर्मचारी भएको सम्बन्धमा पुनरावलोकन गरि बढि भएका कर्मचारीलाई रमाना दिने निर्णय बैठकले गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्