साढे तीन सय क्वारेन्टिनमा



कोहलपुर ।

रोजगारीको शिलशिलामा भारतमा भएका करिब साढे तीन सय जना फर्किएको कोहलपुर नगरपालिकाले जनाएको छ । करिब एक साताको अवधिमा भारतका विभिन्न प्रान्त तथा सहरबाट करिब साढे तीन सय जना भारतबाट फर्किएका हुन् । नगरपालिकाका प्रमुख लुट बहादुर रावतका अनुसार आइतबारसम्मको तथ्यांक अनुसार अहिलेसम्म ३ सय ४८ जना कोहलपुरबासी भित्रिएका छन् । उनीहरु सबै जना नगरपालिकाका वडाहरुमा रहेका क्वारेन्टिनमा बसिरहेको उनले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका कार्यपालिका बैठकले नै कोरोना संक्रमण जोखिम मध्यनजर गर्दै सबै वडामा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको थियो । पछिल्लो अद्यावधिक तथ्यांक अनुुसार वडा नम्बर १ मा रहेको क्वारेन्टिनमा ४५ जना, वडा नम्बर २ मा २६ जना र वडा नम्बर ३ मा १५ जना क्वारेन्टिनमा बसिरहेका छन् । यस्तै वडा नम्बर ४ मा ६ जना, वडा नम्बर ७ को क्वारेन्टिनमा ४ जना, वडा नम्बर ८ को क्वारेन्टिनमा ३५ जना नागरिक भारतबाट आएर क्वारेन्टिनमा बसिरहेको नगर प्रमुख रावतले बताए ।

यसैगरि वडा नम्बर ९ मा रहेको क्वारेन्टिनमा ६ जना, वडा नम्बर १० मा रहेको क्वारेन्टिनमा २३ जना र वडा नम्बर ११ मा रहेको क्वारेन्टिनमा मात्रै सबैभन्दा बढी ६२ जना बसिरहेका छन् । नगर प्रमुख रावतले दिएकै जानकारी अनुसार वडा नम्बर १२ मा ४७ जना, वडा नम्बर १४ को क्वारेन्टिाइनमा ३७ र वडा नम्बर १५ मा ४२ जना रहेका छन् । वडा नम्बर ५, ६ र १३ मा क्वारेन्टिन व्यवस्थापनको कार्य भइरहेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार