क्वारेन्टीनमा नगई भाग्न खोज्ने राप्तीसोनारीका ४ जना पक्राउ



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ८ का नयाँ गाउँका ४ जनालाई पक्राउ गरिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा नगएर जंगलबाट घर जान खोज्ने व्यक्तिहरुलाई प्रहरी बिट ढकेरीले शनिबार नियन्त्रणमा पक्राउ गरेको हो ।

ढकेरी स्थित झिझिरीखोलामा नुहाएर त्यहीबाट घर जानको लागि भाग्न लागेपछि उनीहरुलाई पक्राउ गरी गणेश माध्यामिक विद्यालयमा रहेको क्यारेन्टीनमा उनीहरुलाई बुझाएको प्रहरी बिट ढकेरीकी इन्चार्ज प्रहरी सहायक निरीक्षक भुमीसरा धामील् बताइन् ।

राप्तीसोनारी गाउँ पालिका वड न ९ का वडासदस्य पुर्ण बहादुर वलीले उनीहरू भारतबाट आएर क्वारेन्टाइनमा नआएर भागेको भन्ने खबर पाएपछि प्रहरीको सहयोग नियन्त्रणमा लिइएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १८ गते आइतबार